काठमाडौं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न सर्वोच्च अदालतले राष्ट्रपतिलाई परमादेश जारी गरेसँगै नयाँ सरकार गठनको कसरत सुरु भएको छ। देउवालाई प्रधानमन्त्री नियुक्त सर्वोच्चले दिएको समय आज साँझ पाँच बजे सकिँदैछ।
सोमबार सर्वोच्चको फैसलापछि बसेको ५ दलीय गठबन्धनको बैठकले देउवाको नेतृत्वमा सरकार गठन गर्ने निर्णय गरेको थियो। गठबन्धनको बैठकले देउवाको नेतृत्वमा सरकार गठन गर्ने र प्रारम्भिक चरणमा सानो आकारको मन्त्रिपरिषद् बनाउने निर्णय गरेको कांग्रेस नेता बालकृष्ण खाँडले जानकारी दिए।
मन्त्रालय बाँडफाँटको विषयमा भने थप छलफल हुने नेताहरुको भनाइ छ। मन्त्रिमण्डल गठन र मन्त्रालयको बाँडफाँटको विषयमा निर्णय गर्न आज गठबन्धनका शीर्ष नेताहरुको बैठक बस्ने जनाइएको छ।
देउवालाई आजै प्रधानमन्त्रीको सपथ खुवाइने छ। उनको सपथपछि अन्य मन्त्री को को नियुक्त होलान? यो विषय भने अझै प्रष्ट भइसकेको छैन। कोरोना भाइरस संक्रमणको यो महामारीमा आज नै स्वास्थ्य मन्त्री नियुक्त हुन्छन् या हुँदैनन् भन्ने विषय पनि अझै प्रष्ट भइसकेको छैन।
पछिल्लो तीन वर्षको अवधिमा स्वास्थ्य मन्त्रालयमा पाँच जना मन्त्री फेरिसकेका छन्।