काठमाडौं- जापानले नेपाललाई कोभ्याक्स सुविधामार्फत १६ लाख एस्ट्राजेनेका खोप दिने भएको छ। जापानका विदेशमन्त्रीले आज प्रेस विज्ञप्ति जारी गर्दै नेपाललाई कोभ्याक्स सुविधामार्फत १६ लाख एस्ट्राजेनेका खोप उपलब्ध गराउने बताएका हुन्।
यो खोप कोभिसिल्ड खोपको पहिलो मात्रा लगाएका करिब झण्डै १४ नागरिकलाई लगाइने बताइएको छ। सरकारले अक्सफोर्ड अस्ट्राजेनेकाले विकास गरेको र भारतको सेरम इन्स्च्यिूटले उत्पादन गरेको कोभिडसिल्ड खोप साढे १३ लाख जेष्ठ नागरिकलाई गत चैतमा नै लगाइसकेको छ।
दोस्रो मात्रा १२ सातामा लगाउनुपर्ने भएपनि भारत खरीदको खोप उपलब्ध नगराउँदा उनीहरुलाई एस्ट्राजेनेका खोप लगाउने निर्णय यस अघि नै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरिसकेको छ।