काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले सबै नेपालीलाई पुग्ने खोपको व्यवस्था भएको दाबी गरेका छन्।
मंगलबार देशवासीका नाममा सम्बोधन गर्दै उनले छोटै समयमा सबै नागरिकलाई पुग्ने खोपको व्यवस्था गरिएको दाबी गरे।
नेपाल खोप उत्पादक नभएपनि छोटो समयमै आफ्ना नागरिकलाई खोपको व्यवस्था गरेको उनको भनाइ छ। अब लगातार खोप लगाएर सुविधा उपलब्ध गराउने उनले बताए।
पहिलो डोज २६ लाख ११ हजार र दोस्रो डोज १० लाख भन्दा बढी मानिसलाई लगाइएको प्रधानन्त्रीले बताए। १ करोड ३१ लाख मात्रा सुनिश्चित भएको र २ करोड खोपको प्रक्रिया अघि बढेको उनले बताए।