काठमाडौं- बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भइरहेको आन्दोलनको समर्थन गर्दै डा गोविन्द केसी धरानमा पुगेका छन्। प्रतिष्ठानमा पुगेर डा केसीले आन्दोलनरत पक्षले चलाएको ‘बिपी प्रतिष्ठान शुद्धीकरण अभियान’मा ऐक्यवद्धता जनाएका हुन्।
डा केसीसहित प्रतिष्ठानका आन्दोलनरत पक्षले अहिले २ बजे पत्रकार सम्मेलन गर्ने तयारी गरेका छन्।
बिपी प्रतिष्ठान शुद्धीकरणको अभियान लिएर विभिन्न माग राख्दै प्रतिष्ठानका चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीहरु एक महिनादेखि आन्दोलनमा छन्।
उनीहरूले प्रतिष्ठानमा भएको अनियमितताको तत्काल छानविन गर्नुपर्ने, कर्मचारीको बढुवा, तलव भत्ता वृद्धि तथा कर्मचारीको समस्या समाधान गर्नुपर्ने लगाएतका माग राख्दै आन्दोलनका विभिन्न कार्यक्रम गर्दै आइरहेका छन्।
यसैबिच,अदालतको फैसलाबाट प्रधानमन्त्रीमा नियुक्त भएका नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवालाई पत्राचार गर्दै प्रतिष्ठानमा भएको समस्या समाधानका लागि पहल गर्न समेत आग्रह गरेका छन्।