काठमाडौं– बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति लगायतका चार जना पदाधिकारीहरुलाई असहयोग गर्ने भन्दै प्रतिष्ठानका सल्लहाकार परिषद्देखि विभागीय प्रमुख तथा कर्मचारीहरुले हस्ताक्षण संकलन गरेका छन्।
प्रतिष्ठानका सल्लाहकार परिषद्का चिकित्सक, कार्यकारिणी समितिका सदस्य तथा अधिकांश विभागीय प्रमुख तथा मेट्रोन लगायत ९३ जना स्वास्थ्यकर्मी तथा कर्मचारीहरुले हस्ताक्षर गरेका छन्।
प्रतिष्ठानमा भएको अनियमितताको विरुद्ध प्रतिष्ठानका कर्मचारीहरुले संयुक्त संघर्ष समिति नै बनाएर आन्दोलन गर्दै आइरहेका छन्। उनीहरुले पदाधिकारीबाट नै प्रतिष्ठानमा अनियमितता र गलत काम हुँदै आएको भन्दै पदाधिकारीलाई बर्खास्त गर्नुपर्ने माग समेत राख्दै आएका छन्। सोही माग अनुसार प्रतिष्ठानका पदाधिकारीलाई असयोग गर्न हस्ताक्षर अभियान चलाएका थिए।
यसरी हस्ताक्षर गर्नेमा सल्लाहकार परिषदका प्रा डा निलाम्बर झा, प्रा डा प्रलाद कार्की, प्रा डा बालकृष्ण भट्टराई, प्रा डा बिक्रम प्रसाद श्रेष्ठ, प्रा डा आशिष घिमिरे, प्रा डा बिरेन्द्र प्रसाद साह, कार्यकारिणी समिती सदस्य प्रा डा पशुपती चौधरी र कर्मचारी प्रशासन प्रमुख उमेश कोइराला एकेडेमिक म्यानेजर नरायण चापागाईंले लगायत अधिकान्स बिभागिय प्रमुख, मेट्रेन लगायत कोडिनेटर, निमित्त अस्पताल निर्देशक, डिप्युटी अस्पताल निर्देशक समेत रहेका छन्।
उनीहरुले ‘बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान ‘शुद्धीकरण अभियान २०७८’ मा हाम्रो पूर्ण समर्थन रहेको र अहिलेको व्यवस्थापनमा रहेर काम गर्न नसक्ने भन्दै अहिलेको व्यवस्थापनलाई बहिस्कार गरेको’ घोषणा समेत गरेका छन्।
उनीहरुले आन्दोलनले निकास नपाएसम्म अहिलेको पदाधिकारीहरुले दिएको कुनै पनि जिम्मेवारी पुरा नगर्ने भन्दै हस्ताक्षर गरेका छन्।
प्रतिष्ठानमा अनियमितताका घटना बढ्दै गएको भएपनि त्यसको विषयमा उचित छानवीन नभएको भन्दै प्रतिष्ठानका कर्मचारीहरु एक महिना अघिदेखि प्रतिष्ठानको शुद्धीकरणको अभियान नै चलाएर आन्दोलनमा छन्।
उनीहरुले प्रतिष्ठानको समस्या समाधानका लाग नवनियुक्त प्रधानमन्त्री शेर बहादुर देउवालाई ४८ घण्टे अल्टिमेटम दिदै वार्ता कमिटि गठन गर्न माग राखेका छन्।
आफूहरुको १२ बुँदे माग सम्बोधनका लागि वार्ता कमिति गठन गरी वार्ता प्रक्रिया अघि नबढाए साउन १ गते (शुक्रबार) देखि अस्पतालको सेवा नै बहिस्कार गर्ने चेतावनी समेत दिएका छन्।
उनीहरुले शुक्रबारदेखि बिहान ८ देखि १० बजेसम्म आकस्मिक सेवा, कोभिड उपचार र पूर्व निर्धारित परीक्षाका कार्यक्रमहरु बाहेक सम्पूर्ण सेवाहरुमा चिकित्सक, नर्स, स्वास्थ्यकर्मी, विद्यार्थी कोही पनि उपस्थित नहुने जनाएका छन्।