काठमाडौं– बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भइरहेको आन्दोलनप्रति ऐक्यवद्धता जनाउदै धरानका विभिन्न १३ वटा संस्थाले आन्दोलनकाने समर्थन गरेका छन्।
प्रतिष्ठान सुद्धिकरण अभियान संयुक्त संघर्ष समितिलाई ऐक्यवद्धता पत्र बुझाउदै धरानका विभिन्न १३ संस्थाले आन्दोलनको समर्थन गरेका हुन्।
उनीहरुले प्रतिष्ठानभित्र व्याप्त बेथिति, भ्रष्ट्राचार, अनियमितता र राजनीतिकरणको अन्त्यका लागि प्रतिष्ठानका स्वास्थ्यकर्मीले गरेको आन्दोलनप्रति उनीहरुले समर्थन जनाएका हुन्।
सामाजिक लोकतन्त्र अध्यननकेन्द, नेपाल प्राध्यापक संघ, पूर्वाञ्चल ई क्याम्पस इकाइका सभापति तथा पूर्व क्याम्पस प्रमुख, नेपाली लेखक संघका अध्यक्ष, ने प्राध्यापक संघ, पिण्डेश्वर विद्यापीठ उपसभापति, कविशिरोमणि साहित्यसाधना समाज, प्रजातन्त्रवादी प्रा संद्ध, राष्ट्रिय मावन अधिकार संगठन, गणेशमान फाउण्डेसन, जीपी फाउन्डेसन सुनसरी, लाइन्स क्लब अफ दन्तकाली, धरान, प्रजातान्त्रि विचार समाज र राष्ट्रिय मानवअधिकार प्रतिष्ठानले प्रतिष्ठानमा भइरहेको आन्दोलनमा ऐक्यवद्धता जनाएका हुन्।
उनीहरुले प्रतिष्ठानमा भ्रष्ट्राचार तथा अनियमितता, वेथिति र अतिराजनीतिकरणले प्रतिष्ठानको स्थिति नाजुक अवस्थामा पुगेको बताएका छन्।
प्रतिष्ठानका पदाधिकारीहरुको स्वार्थका कारण प्रतिष्ठानको अवस्था कमजोर हुदै गएको उनीहरुले बताएका छन्।
यी १३ संघसंस्थका व्यक्ति तथा नागरिक समाज सहितको उपश्थितिमा प्रतिष्ठान सुद्धिकरण अभियान संयुक्त संघर्ष समितिले आन्दोलनका कार्यक्रमहरु समेत गर्ने जनाएका छ।