काठमाडौं– पूर्व प्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा बाबुराम भट्टराईले बिपी कोइराला स्वास्थ्य विज्ञात प्रतिष्ठानका शिक्षक, कर्मचारी तथा नागरिक अगुवाहरुले सुरु गरेको प्रतिष्ठान शुद्धीकरण अभियान प्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताएका छन्।
बिहीबार विज्ञप्ति जारी गर्दै प्रतिष्ठान शुद्धीकरण अभियानमा ऐक्यवद्धता जनाएका हुन्।
प्रतिष्ठान सरकारको र सत्तारुढ पार्टीको अनावश्यक हस्तक्षेप र असक्षम पदाधिकारीहरुको नियुक्तिको कारण दिनानुदिन अधोगतितिर जानु समग्र राष्ट्रकै लागि दुखद भएको उनले विज्ञप्तिमा उल्लेख गरेका छन्।
उनले विश्वविद्यालयहरु, प्रतिष्ठानहरु तथा अन्य प्राज्ञिक क्षेत्रमा हुने प्रत्येक्ष नियुक्तिहरु स्थापित मापदण्डका अनुरुप तथा कार्यक्षेत्र र कार्यप्रकृतिको मर्यादा कायम गर्ने हैसियतका हुनुपर्ने समेत बताए।
उनले प्रतिष्ठान सुद्धिकरण अभियान संयुक्त संघर्ष समितिको अभियानमा आफ्नो ऐक्यवद्धता रहेको भन्दै वार्ताको माध्यमद्धारा जायज मागहरुको सम्बोधन गर्न सरकार र प्रधानमन्त्रीलाई आग्रह समेत गरेका छन्।
