काठमाडौं - देशभर हाल नौ वटा जिल्लामा कोरोनाका पाँच सय बढी सक्रिय संक्रमित रहेका छन्। मोरङ, सुनसरी, झापा, काठमाडौं, भक्तपुर, ललितपुर, चितवन, कास्की र सुर्खेतमा कोरोनाका पाँच सय बढी सक्रिय सक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
२ सयभन्दा बढी सक्रिय संक्रमित रहेको जिल्ला २५ वटा रहेको छ। यो सूचीमा धनुषा, बारा, सप्तरी, मकवानपुर, काभ्रेपलाञ्चोक, नुवाकोट, धादिङ, सिन्धुपाल्चोक, सिन्धुली, गोरखा, स्याङजा, बागलुङ, पर्वत, लमजुङ, तनहुँ, नवलपरासी पूर्व, रुपन्देही, बर्दिया, पाल्पा, दाङ, बाँके, नवलपरासी पश्चिम, जुम्ला, कैलाली र कञ्चनपुर छन्।
गत २४ घण्टामा देशभर २ हजार ९३६ जना सक्रमित थपिएका छन्। ४३ जनाको मृत्यु भएको छ। उक्त अवधिमा १ हजार ७७५ जना उपचारपछि डिस्चार्ज भएको मन्त्रालयले जनाएको छ।