काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवाले कोभिडविरुद्धको खोप केन्द्रलाई व्यवस्थित गर्न र खोप केन्द्रको संख्या थप गर्न निर्देशन दिएका छन्।
खोप केन्द्रमा लामो लाइन देखिएको भन्दै प्रधानमन्त्री देउवाले आवश्यकता अनुसार केन्द्रहरु बढाउन मुख्यसचिव शंकरदास बैरागी र स्वास्थ्य सचिव लक्ष्मण अर्याललाई निर्देशन दिएका हुन्।
'खोप केन्द्रमा लामो लाइन देखिएकाले आवस्यकता अनुसार खोप केन्द्रहरु बढाएर स्वास्थ्य मापदण्डको पूर्ण पालना गर्दै खोप लगाउने प्रवन्ध मिलाउन मुख्यसचिव र स्वास्थ्य सचिवलाई निर्देशन गरेको छु,' प्रधानमन्त्री देउवाले सामाजिक सञ्जालमा लेखेका छन्।
कोभिडविरुद्धको खोप लगाउन खोप केन्द्रमा धेरै भीड बढेपछि सर्वसाधारणले समेत गुनासो गर्दै आएका छन्। भीड र अव्यवस्थित लाइनका कारण खोप केन्द्रबाट नै कोरोना सर्ने डर रहेको भन्दै व्यवस्थित गर्न माग गरिएको थियो।