काठमाडौं- काठमाडौंमा चार दिनदेखि जारी कोरोनाविरुद्धको खोप अभियानमा १ लाख ४८ हजारभन्दा बढी सहभागी भएका छन्।
स्वास्थ्य कार्यलय काठमाडाैंका अनुसार असार २९ देखि साउन १ गतेसम्म ५० खोप केन्द्रबाट १ लाख ४८ हजार ३३४ जनाले पहिलो मात्राको चिनियाँ खोप भेरोसेल लगाएका छन्। शुक्रबार मात्रै ३२ हजार २५५ जनाले खोप लगाएका थिए।
बिहीबार ५८ हजार ६२० जनाले पहिलो मात्रा भेरोसेल खोप लगाएका थिए। यस्तै, बुधबार ४३ हजार ४५८ र मंगलबार १३ हजार ६६३ जनालाई पहिलो मात्रा भेरोसेल खोप लगाइएको स्वास्थ्य कार्यालका प्रमुख जनस्वास्थ्य प्रशासक बद्रीबहादुर खड्काले जानकारी दिए।
यसका लागि स्वास्थ्य कार्यालय काठमाडाैंले १ लाख ५७ हजार ४०० डोज खोप उपलब्ध गराएकाे थियाे।
अहिले चलिरहेको खोप अभियानमा ५५ वर्ष र सो माथिका उमेर समूह, विश्वविद्यालय, विद्यालयका प्राध्यापक, शिक्षक र कर्मचारीहरु, सार्वजनिक यातायातमा कार्यरत चालक र सहचालकलाई भेराेसेलकाे पहिलाे मात्रा लगाउन प्राथमिकतामा राखिएको छ।
तर, मौज्दात रहेको भेरोसेल सकिएपछि भाेलिकाे खोप अभियान कार्यक्रम स्थगित गरिएकाे छ।