काठमाडौं - नेपाल प्रसूति तथा स्त्री रोग विशेषज्ञ समाज (नेसोग)ले गर्भवती महिलालाई पनि कोभिड–१९ विरुद्धको खोप पाउने लक्षित समूहमा राख्न आग्रह गरेको छ।
कोरोना संक्रमणको उच्च जोखिममा रहने भन्दै गर्भवती महिलालाई पनि खोप पाउने सूचीमा राख्न नेसोगले सरकारसँग आग्रह गरेको हो। गर्भवती महिलालाई खोप उपलब्ध गराउनुपर्ने माग सहित नेसोगले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई पत्र बुझाउने समेत तयारी गरेको छ।
खोपले आमा र बच्चालाई असर गरेको भन्ने हालसम्म पुष्टि भइनसकेको नेसोगका केन्द्रीय सदस्य एवं प्रसूति तथा स्त्री रोग विशेषज्ञ डा र्कीतिपाल सुवेदीले बताए। खोप लगाएर भन्दा नलगाउँदा आमा र बच्चा दुवैलाई कोरोनाको जोखिम हुने उनी बताउँछन्।
‘कोरोनाले खोपले आमा र बच्चालाई असर गरेको भन्ने कुरा अहिलेसम्म पुष्टि भइसकेको छैन। उनीहरु खोप लगाएर भन्दा पनि खोप लगाउँदा झनै जोखिममा पर्छन्। त्यसैले गर्भतवी महिलालाई पनि लक्षित समूह तोकेर नै खोप दिनुपर्छ’, डा सुवेदीले भने।
भारत, अमेरिका, बेलायतका प्रसूति तथा स्त्री रोग विशेषज्ञहरुले पनि गर्भवती महिलालाई कोरोनाविरुद्धको खोप दिन मिल्ने निष्कर्ष निकालेको उनले बताए। सुरुवाती दिनमा उनीहरुलाई गर्भवती महिलालाई खोप नमिल्ने भनिएपनि त्यो भ्रम मात्र भएको उनले बताए।
सन्तानको योजना बनाइरहेका, गर्भवती र स्तनपान गराइरहेका महिलाले पनि कोरोना विरुद्धको खोप लगाउन मिल्ने डा सुवेदी बताउँछन्।