काठमाडौं- गर्भवती र स्तनपान गराइरहेका महिलालाई समेत तत्काल समेत कोरोना खोपको प्राथमिकतामा समेत नेपाल प्रसुति तथा स्त्रीरोग विशेषज्ञ समाज(नेसोग)ले माग गरेको छ।
नेपालमा गर्भवतीमा पनि कोरोना संक्रमण फैलिरहेकोले यसले गर्भवतीलाई मात्र नभई गर्भमा रहेको शिशुलाई समेत असर पार्न सक्ने भन्दै खोप व्यवस्था गर्न नेसोगले माग गरेको हो।
नेसोगले गर्भवतीहरुमा खोपको प्रयोगबारे कुनै निर्देशिका नभएपनि विभिन्न देशमा गरिएका अध्ययनले गर्भवतीमा खोप प्रयोग गर्न सकिने र त्यसले गर्भमा रहेको बच्चालाई कुनै असर नगर्ने देखाएको उल्लेख गर्दै गर्भवतीको जीवन रक्षाका लागि खोप अपरिहार्य रहेको जनाएको छ।
आगामी दिनमा सरकारले खोप दिनको लागि पहिचान गर्ने लक्षित समुहरुमा गर्भवती र स्तनपान गराइरहेका (दुई वर्षसम्मका काखे नाबालक भएका) महिलालाई समेत तत्काल समेट्न र प्राथमिकतामा राख्न नेसोगले माग गरेको छ।