काठमाडौं- नोबेल मेडिकल कलेज, टिचिङ अस्पताल विराटनगरले मिर्गौला प्रत्यारोपण गर्न अनुमति पाएको छ।
स्वास्थ्य सेवा विभागको अंग प्रत्यारोपण समन्वय समितिको साउन १ गते बसेको बैठकले उक्त अस्पताललाई मिर्गौला प्रत्यारोपण सम्बन्धि क्रियाकलाप संचालन अनुमति दिने निणर्य गरेको हो।
समितिका सदस्य सचिव रहेका स्वास्थ्य सेवा विभागका महानिर्देशक डा दीपेन्द्ररमण सिंहले मानव शरीरको अंग प्रत्यारोपण (नियमित तथा निषेध) ऐन, २०५५को दफा ५को उपदफा (१) बमोजिम अनुमति दिएको जनाएका छन्।
यो अनुमतिपत्र दुईवर्ष बहाल रहने बताइएको छ।
