काठमाडौं- काठमाडौंमा नेसनल सर्जिकल अब्स्टेट्रिक एनेस्थेसिया प्लान अभिमुखिकरण वेबिनार शुरु भएको छ। मेरिट होटलमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र संयुक्त राष्ट्रसंघीय प्रशिक्षण तथा अनुसन्धान संस्थानद्वारा सह-आयोजनातथा हार्वर्ड मेडिकल स्कूल - ग्लोबल सर्जरी र सामाजिक परिवर्तन, ग्लोबल सर्जरी फाउन्डेशन, निक साइमन इंस्टिच्युट, स्विडेनी अन्तर्राष्ट्रिय विकास एजेन्सीको साझेदारीमा अभिमुखिकरण वेबिनार श्रृंखला शुरू भएको हो।
मन्त्रालयको गुणस्तर, मापन तथा नियमन महाशाखाका प्रमुख डा मदनकुमार उपाध्यायको अध्यक्षता, स्वास्थ्य सेवा विभागका महानिर्देशक डा दीपेन्द्र रमण सिंहको प्रमुख अतिथ्यमा अभिमुखिकरणको औपचारिक शुरुवात भएको हो। अभिमुखिकरण कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र विभिन्न विभागका प्रमुख तथा प्रतिनिधहरू, नेपाल मेडिकल काउन्सिलका अध्यक्ष डा भगवान कोइराला, विभिन्न चिकित्सा संस्थानहरूका प्रमुख एवं प्रतिनधिहरू उपस्थित थिए भने सातै प्रदेशका सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख, स्वास्थ्य निर्देशनालयका निर्देशकहरू एवं सरोकारवालाहरू जुम मार्फत जोडिएका छन्।
सोमबारबाट शुरु भएको अभिमुखिकरण साउन ७ गते बिहीबार समापन हुनेछ।
यो अभिमुखिकरण वेबिनार श्रृंखला नेपालको लागि राष्ट्रिय शल्य चिकित्सा, ओब्स्टेट्रिक र एनेस्थेसिया योजना बनाउने दिशामा रोडम्यापमा महत्त्वपूर्ण माइलस्टोनको रूपमा रहने बताइएको छ।
यो कार्यक्रम अत्यधिक अन्तर्क्रियात्मक हुनेछ र नेपाली स्वास्थ्य सरोकारवाला र नेतृत्वकर्ताहरूले नेपालमा शल्य चिकित्साको वर्तमान अवस्थाको विश्लेशण सहित नेपालको लागि शल्य चिकित्सा, ओब्स्टेट्रिक र एनेस्थेसिया विकास गर्ने प्रक्रिया कसरी सुरू गर्न सक्छन् भन्ने बारे जानकारी प्रदान गर्नेछ।