काठमाडौं - नेपाल भारत मैत्री अस्पतालमा छाति रोग सम्बन्धी सबै उपचार हुने भएको छ। 'नेपाल चेस्ट, स्लिप तथा सघन कक्ष'को उद्घाटन भएसँगै अस्पतालमा छाति रोग सम्बन्धी सबै उपचार हुने भएको हो।
मनिषा कोइरालाले मंगलबार एक कार्यक्रमका बीच उक्त कक्षको उद्घाटन गरिन्। अस्पतालमा अब छाति रोग सम्बन्धी सबै किसिमको सेवा सर्वसुलभ रुपमा लिन सकिने सेन्टरका प्रमुख तथा छाति रोग विशेषज्ञ प्राडा सुबोध सागर ढकालले बताए।
उनले भने, ‘नेपाल भारत मैत्री अस्पतालमा पहिलो पटक हामीले यो सेवा सुरु गरेका छौँ। अब छाति रोग सम्बन्धी सबै उपचार सेवा सर्वसुलभ रुपमा यहाँ उपलब्ध छन्।’
१२ आइसीयू र १५ एचडीयूको व्यवस्था गरिएको उनले जानकारी दिए।