काठमाडौं– वात्सल्य आईभिएफले ४० वर्ष माथिका महिलाहरुलाई नि:शुल्क टिभिएस (ट्रान्सभजाइनल अल्ट्रासाउन्ड) जाँच तथा चिकित्सक परामर्श दिने घोषणा गरेको छ।
वात्सल्यले साउन महिनाभरी लागू हुनेगरी ४० वर्ष माथिका महिलाहरुलाई न:शिुल्क टिभिएस जाँच तथा चिकित्सकको परामर्श सेवा दिने जनाएको छ।
खासगरी ४० वर्ष माथिका महिलाले धेरै वर्ष सन्तान प्राप्त गर्न नसक्दा निराश भएको अवस्थामा उचित निदान र उपचार गरे सन्तान प्राप्ति सम्भव भएको भन्दै वात्सल्यले यस्तो घोषणा गरेको जनाएको छ।
चिकित्सकीय परामर्शमा महिलाहरुलाई आइयुएआइ, आइभिएफका साथै अन्य निसन्तान उपचार विधिबारे जानकारी दिइने जनाइएको छ।
वासात्सल्यले स्पर्म डीएनए फ्राग्मेन्टेसन र हाइकोसी जस्ता नयाँ प्रविधि समेत भित्र्याएर निसन्तान दम्पतीलाई उपचार सेवा दिँदै आएको छ।