काठमाडौं- त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थान (आइओएम) को महाराजगञ्ज चिकित्सा क्याम्पस प्रमुखमा प्राडा अर्जुन लामिछाने नियुक्त भएका छन्। डा लामिछानेलाई आज शुक्रबारदेखि लागू हुने गरी जिम्मेवारी दिइएको हो।
आइओएमकी डिन डा दिव्या सिंह शाहको सिफारिसमा डा लामिछनेलाई क्याम्पस प्रमुखमा नियुक्त गरिएको हो। क्याम्पस प्रमुखको कार्यकाल ४ वर्षको हुनेछ।
क्याम्पस प्रमुख डा प्रताप नारायण साह उमेर हदका कारण आजबाट अवकास पाएका छन्।
नवनियुक्त क्याम्पस प्रमुख डा लामिछाने २ दशकदेखि आइओएममै कार्यरत छन्।