काठमाडौं - रोटरी क्लब अफ महाराजगञ्जले फ्युचर होप नेपाल नामक अनाथ आश्रमका करिब १२५ जनाको दाँत तथा मुखको परीक्षण गरेको छ।
गुरुपूर्णिमाको अवसरमा रोटरी क्लब अफ महाराजगञ्जले ५० जना अनाथ व्यक्ति र कर्मचारी सहित १२५ जनाको दाँत तथा मुखको परीक्षण गरेको हो। उनीहरु सबैलाई ब्रस र मन्जन सहितको डेन्टल हाइजिन किट समेत वितरण गरिएको रोटरीका अध्यक्ष एवं दन्त चिकित्सक डा प्रकाश बुढाथोकीले बताए।
उनीहरु सबैलाई दाँत तथा मुख स्वास्थ्य सम्बन्धी जनचेतना समेत दिइएको छ। सही तरिकाले दाँत माझ्ने तरिका, दाँतलाई कसरी स्वस्थ राख्ने लगायत विषयमा जनचेतना दिइएको डा बुढाथोकीले जानकारी दिए।