काठमाडौं- चिकित्सा शिक्षा आयोगले आज बिडिएस तर्फकोव एकीकृत प्रवेश परीक्षा लिने भएको छ। आयोगले काठमाडौं उपत्यकाभित्र र बाहिरका परीक्षा केन्द्रमा प्रवेश परीक्षा लिने भएको हो। परीक्षाका लागि उपत्यकामा ९ वटा र बाहिर एक एक वटा परीक्षा केन्द्र तोकिएको छ।
बिडिएस तर्फ परीक्षाका लागि करिब ४ हजार विद्यार्थीले आवेदन दिएका छन्। नेपालका कलेजहरुमा बिडिएसमा ५५५ वटा सिट छ। आयोगले कलेजहरुको अनुगमनका आधारमा यो वर्षका लागि सबै कलेजमा गरेर ५५५ वटा सिट तोकेको थियो।
आयोगले हिजो एमबिबिएसको प्रवेश परीक्षा लिएको थियो। एमबिबिएस तर्फ ११ हजार ६६८ जनाले परीक्षा दिएका थिए। एमबिबिएस तर्फ नेपालमा १८३५ सिट छ।