काठमाडौं - नेपाल फार्मेसी परिषद्ले लिने १७औँ नाम दर्ता परीक्षाको परीक्षा केन्द्र भानुभक्त मेमोरियल विद्यालय पानीपोखरी काठमाडौं तोकिएको छ।
परिषद्ले आइतबार एक सूचना जारी गरी फर्मासिस्ट/फार्मेसी सहायकको साउन १६ गते हुने १७औँ परीक्षाको केन्द्र भानुक्त मेमोरियल विद्यालयमा तोकिएको जनाएको हो।
डिप्लोमा फार्मेसीको परीक्षा साढे १० र ब्याचलर इन फार्मेसीको परीक्षा साढे १२ बजे हुनेछ। परीक्षार्थीले कोभिड परीक्षणको रिपोर्ट अनिवार्य पेश गर्नुपर्ने सूचनामा उल्लेख छ।
ब्याचलर इन फार्मेसीको प्रवेश पत्र साउन १३ गतेदेखि १५ गतेसम्म परिषद्को कार्यालयबाट र डिप्लोमा इन फार्मेसीको प्रवेश पत्र १६ गते बिहान साढे ७ देखि १० बजेसम्म परीक्षा केन्द्रमै वितरण गरिनेछ। परीक्षा केन्द्रमा करिब तीन घण्टा अगाडि अनिवार्य रुपमा उपस्थित हुन परिषद्ले सबै परीक्षार्थीलाई आग्रह गरेको छ।

