काठमाडौं- विदेश जाने श्रमिक र विद्यार्थीले अबदेखि काठमाडौँ उपत्यकाको हकमा नेपाल प्रहरी अस्पताल र सैनिक अस्पतालमा गएर खोप लगाउन पाउने स्वास्थ्य मन्त्रालयले जनाएको छ। त्यसका लागि पासपोर्ट र भिसा देखाउनु पर्नेछ मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार काठमाडौंको सामाखुशीस्थित राधास्वामी आइशोलेसन सेन्टर पनि स्थायी खोप केन्द्र बनेको छ।
अब विभिन्न समयमा लक्षित समूहले स्वास्थ्य कार्यालयले तोके बमोजिम राधास्वामी आइशोलेसन सेन्टरमा गएर खोप लगाउन सक्ने मन्त्रालयले जनाएको छ।