काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारी स्वास्थ्य परीक्षणका लागि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल(टिचिङ) पुगेकी छन्।
मंगलबार बिहान सवा ९ बजे राष्ट्रपति भण्डारी टिचिङ पुगेकी हुन्।
आँखा जाँचका लागि राष्ट्रपति भण्डारी अस्पताल आएको टिचिङ अस्पतालका सूचना अधिकारी रामविक्रम अधिकारीले जानकारी दिए। उनका अनुसार राष्ट्रपतिको जाँच चलिरहेको छ।