काठमाडौं- मनाङ जिल्लामा १८ वर्ष उमेर माथिका सम्पूर्ण नागरिकलाई जोन्सन एन्ड जोन्सनको खोप लगाउन थालिएको छ। कोभिड-१९ खोप व्यवस्थापन जिल्ला समन्वय समितिको निर्णय अनुसार खोप लगाउन बाँकी नागरिकका लागि जोन्सनको खोप लगाउन लागिएको हो।
स्वास्थ्य कार्यालय मनाङका अनुसार डिस्याङ गाउँपालिकामा साउन १३ देखि १५ गतेसम्म, चामे गाउँपालिकामा १३ देखि १७ गतेसम्म र नासो गाउँपालिकामा आजसम्म खोप लाउने कार्यतालिका रहेको छ।