काठमाडौं– लुम्बिनी प्रदेशकी उद्योग, वन तथा वातावरण मन्त्री कल्पना पाण्डेको स्वास्थ्यमा सुधार आएको छ।
नसासँग सम्बन्धि समस्याका कारण तीन दिन अघि देखी थापाथलीमा रहेको नर्भिक अस्पतालको आइसीयूमा उपचाररत मन्त्री पाण्डेको स्वास्थ्यमा सुधार आएको नर्भिक अस्पतालले जनाएको हो।
स्वास्थ्य सुधार आएसँगै मन्त्री पाण्डेलाई बुधबार बिहानै आइसीयूबाट सामान्य वार्डमा सार्ने तयारी भएको थियो। तर अहिलेसम्म सारिएको छैन।
'उहाँको अवस्थामा सुधार आएको छ। अहिले उहाँ मेडिकल आइसीयूमा उपचाररत हुनुहुन्छ,' अस्पतालका एक चिकित्सकले भने।