काठमाडौं- उपत्यकामा पछिल्लो २४ घण्टामा ८ सय ५९ जना कोरोना संक्रमित थपिएका छन्।
उपत्यकाका विभिन्न प्रयोगशालामा भएका पीसीआर तथा विभिन्न स्थानमा गरिएको एन्टिजेन परीक्षणबाट ८ सय ५९ संक्रमित पहिचान भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।
थपिएका संक्रमितमध्ये काठमाडौंका सबैभन्दा बढी ५६९ जना छन्। यसैगरी भक्तपुरमा ९४ र ललितपुरमा २०६ जना संक्रमित थपिएको मन्त्रालयले जनाएको छ।