काठमाडौं- हंगेरी सरकारले नेपाललाई कोभिडसम्बन्धि स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ।
बुधबार हंगेरीका राजदुत आन्द्रेस किरालीले स्वास्थ्य मन्त्रालयका सचिव डा रोशन पोखरेललाई उक्त स्वास्थ्य सामाग्री हस्तान्तरण गरेका हुन्।
नेपालस्थित हंगेरीको अवैतनिक महावाणिज्य दुतावासद्वारा जारी विज्ञप्तीमा भनिएको छ ‘हंगेरीका जनताद्वारा प्राप्त स्वास्थ्य सामाग्रीले नेपालमा कोभिड १९ विरुद्ध अग्रपंक्तिमा रहेर काम गर्ने व्यक्तिहरुका लागि सहयोगीसिद्ध हुने अपेक्षा राखेका छौं ।’