काठमाडौं - काठमाडौं जिल्लामा बिहीबार ३० हजार ९८ जनाले कोरोना विरुद्धको खोप भेरोसेलको पहिलो मात्रा लगाएका लगाएका छन्।
६६ वटा खोप केन्द्रमध्ये बिहीबार टोखा, बुढानिलकण्ठ र चन्द्रागिरी बाहेक ५६ खोप केन्द्र संचालन भएको थियो।
आजदेखि ६६ वटै खोप केन्द्रबाट खोप केन्द्र संचालन हुने जिल्ला स्वास्थ्य कार्यालय काठमाडौंले जनाएको छ।
बिहीबार काठमाडौं महानगरपालिकाको हरेक वडामा एक, एक गरी ३२ वटा र ७ वटा अस्पतालमा ३९ खोप केन्द्र संचालन भएको थिए।
महानगरपाकिलाले वडाहरुमा ५० वर्षभन्दा माथिका व्यक्ति, शिक्षक र चालकहरुका लागि खोप केन्द्र तोकेको छ। भने अत्यावश्यक सेवामा कार्यरत व्यक्तिका लागि राधास्वामी आइसोलेसन सेन्टर, टेकु, वीर, शिक्षण र निजामति अस्पतालमा खोप केन्द्र तोकिएको छ।
त्यसैगरि, विदेशमा का मगर्न जानेहरुका लागि नेपाल प्रहरी र वीरेन्द्र सैनिक अस्पतालमा खोप केन्द्र तोकिएको छ।