चितवन- चितवनस्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा कार्यरत रेडियसन अंकोलोजी विभागका टेक्निसियन आकाशकुमार झाको निधन भएको छ।
अस्पतालका अनुसार झाको बिहीबार राती ८ बजे निधन भएको हो। झाको निधनपछि अस्पतालले सूचना जारी गर्दै उनको चिरशान्तीको कामना गरेको छ। झाको निधनप्रति अस्पतालले दुख व्यक्त गर्दै शोक सन्तप्त परिवारप्रति समवेदना व्यक्त गरेको छ।
झाको निधनको दुखमा अस्पतालले आज आकस्मिक र अंतरंग बाहेकका सबै सेवा बन्द गरेको छ।