शरीरमा भएको अनावश्यक रौँं हटाउने विधिलाई वाक्सिङ भनिन्छ। वाक्सिङले तपाईंको छालालाई प्राकृतिक रुपमा सुन्दर राख्न मदत गर्छ।
वाक्सिङले शरीरमा बसेको सन ट्याङ (घामले डडेर कालो) निकाली दिन्छ र छाला मुलायम हुन्छ।
विशेष गरी जब शरीरको देखिने भागमा धेरै अनावश्यक रौं वा कपाल हुन्छ। यसले शरीरको सुन्दरतालाई असर गर्छ।
आजकल महिला मात्र होइन पुरुषहरुको पनि वाक्सिङप्रतिको मोह बढेको छ। ग्ल्यामर क्षेत्रमा भएका व्यक्ति मात्र होइन सर्वसाधारण महिलापुरुषले पनि वाक्सिङ गराउन थालेका छन्।
जाडोमा भन्दा गर्मी महिनामा वाक्सिङ गराउन धेरै आउनुहुन्छ। गर्मीमा छोटो, पातलो लुगा लगाइने, पसिना आउने कारणले वाक्सिङ गराउन जरुरी पनि हुन्छ।
पसिनाका कारण अनाश्वक रौं भएको भागमा फोहोर जम्मा हुने र त्यसबाट संक्रमण हुने हुनसक्छ।
मोडलिङ पेसा भएका महिलापुरुषले फोटो सुट गराउनपूर्व फुल बडी वाक्सिङ गराउनुहुन्छ। त्यसबाहेक खेलाडीहरुले वाक्सिङ गराउने चलन बढेको छ।
खेलको दौरान धेरै रौं नदेखियोस् भनेर आउनुहुन्छ। पहिले केटाको शरीरमा धेरै रौं हुनु मर्दानीको रुपमा हेरिन्थ्यो, तर अहिले सोचाइ बदलिएको छ। केटाहरु पनि हातखुट्टाको रौं हटाउने, आइब्रो मिलाउने र छातीको रौं निकाल्ने गर्छन्। अहिले अनावश्यक रौं निकाल्नुलाई सफाइसँग जोडेर हेरिन्छ। क्लिन बडी अहिले महिला र पुरुष दुबैले मन पराउनुहुन्छ।
पछिल्लो समय बिकिनी वैक्स (प्राइभेट पार्ट) को चलन नेपालमा पनि बढ्न थालेको छ। विदेशमा यो प्रचलन निकै पपुलर छ।
मुख्यतः अन्डरआम्स, हातखुट्टा, मुहारको, फुल बडीको पनि वाक्सिङ गर्ने चलन छ। शरीरमा भएका अनावश्यक रौं निकाल्न धेरै विधि प्रयोग गरिन्छ।
दारी काटेजस्तै रेजर मेसिनको प्रयोग गरेर, हेयर रिमुभर क्रिमको प्रयोग गरेर, वाक्सिङ, थ्रेडिङ र लेजर विधिबाट शरीरका अनावश्यक रौं हटाउने विधि बढी प्रचलनमा छ।
रेजर प्रयोगले रौं निकाल्नु जोखिमपूर्ण हुनसक्छ। ब्लेडले काखी वा प्राइभेट पार्टको रौं निकाल्दा काटेर ठूलो समस्या भएको पनि देखेका छौं। प्राइभेट पार्टमा धारिलो वस्तु, हेयर रिमुभर क्रिम वा वैक्स प्रयोग गर्नुपूर्व सावधानी अपनाउनुपर्छ। तालिम प्राप्त व्यक्तिसँग परामर्श गर्नपर्छ।
हामीले आज वाक्सिङ विधिबाट रौं निकाल्दा ध्यान दिनुपर्ने विषयमा चर्चा गर्दै छौं। वाक्सिङ र थ्रेडिङ उस्तै उस्तै लाग्न सक्छ। किनभने दुबै विधिबाट शरीरका रौं जरैबाट निकाल्ने काम हुन्छ। जरैबाट रौं निकालेपछि लामो समय आउँदैन। त्यसले यो पद्दति लामो समयदेखि चलिरहेको छ।
खासगरी, हट र कोल्ड वाक्सिङ प्रचलनमा छ। पछिल्लो समय तताउन नपर्ने, तताउँदा पनि स्टिभ चाहिने, त्यसैबाट झिक्न मिल्ने र अहिलेचाहिँ नदुख्ने जेली टाइपको वैक्स पनि आएको छ। तर, नेपालमा भित्रिसकेको छैन। बाहिरचाहिँ प्रयोगमा आएको छ। त्यो भित्रियो भने धेरै राम्रो र सजिलो तरीकाले निकाल्न सकिन्छ। अहिले छाला तन्काएर गर्दा धेरैको छालामा रातो डावर आउने, निलडाम बस्ने समस्या हुन्छ। त्यो जेली वैक्सले यो समस्या समाधान गर्छ।
क्रिमको प्रयोगद्वारा रौं निकाल्ने प्रक्रिया वाक्सिङ हो भने धागोको विधिले रौं निकाल्ने विधि थ्रेडिङ हो। थ्रेडिङ खास गरी आइब्रो बनाउनका लागि हामीले प्रयोग भएको देखेका छौं।
यद्यपि, वाक्सिङ गर्दा केही कुराको हेरचाह गर्नु महत्वपूर्ण हुन्छ। थोरै लापरवाही वा बेवास्ताले हाम्रो छालामा विभिन्न समस्या निम्त्याउन सक्छ।
वाक्सिङ महिनावारी भएको समयमा नगराउँदा राम्रो हुन्छ। किनभने उक्त समयमा हाम्रो छाला निकै सेन्सेटिभ भएको हुन्छ। यस्तो समयमा वाक्सिङ गराउँदा दुखाइ पनि अत्यधिक हुन्छ। जसले इन्फेक्सनको पनि जोखिम रहन्छ।
वाक्सिङ गराउँदा वाक्सिङ क्रिम रौं फर्किएको साइड तिरबाट लगाउने र त्यसको अपोजिट डाइरेक्सनबाट तान्नुपर्छ र तानिसकेपछि रौं तानिएको भागमा हातले धपधपाउनुपर्छ। तकि उक्त ठाउँमा शितलता होस्।
वाक्सिङ गराउने बित्तिकै धेरै गर्मीमा निस्किहाल्नु पनि हुँदैन। वाक्सिङ गराउने बित्तिकै धेरै टाइट लुगा पनि लगाउन हुँदैन। किनभने पछि त्यो कपडा निकाल्दा छालामा रगडिएर घाउ हुन सक्छ। त्यसमा संक्रमण पनि हुन सक्छ।
तपाईंलाई कुनै जलन, एलर्जी भएन भने मात्र वाक्सिङ गराउनुहोस्। एजर्ली भएका व्यक्तिले वाक्सिङ गराउनुपूर्व ध्यान दिनुहोला। सकेसम्म वाक्सिङबारे राम्रोसँग तालिम लिएका जानेका व्यक्तिबाट गराउनु पर्छ।
यूट्युवमा भिडियो हेरेको भरमा घरमा वाक्सिङ गराउँदा धेरै समस्या आएको पनि देखिन्छ। त्यसको कारण के हो वैक्सको तापक्रम नमिल्नु र वैक्स लगाएर तान्ने डारेक्सन नमिल्दा छाला रातो हुने, राँै ननिस्किएर बारम्बार एक ठाउँ वैक्स लगाएर तान्दा रातो हुने, घाउ नै भएको पनि देखिन्छ।
धेरैले वाक्सिङ गर्दा गर्ने गल्ती भनेको वैक्स गरेपछि उक्त ठाउँमा कुनै क्रिम, मोइस्चराइजरको प्रयोग नगरी छाड्नुहुन्छ।
कसको शरीर कुल र कसैका शरीर हिट हुन्छ। कुल बडी छ भने छिटै नै रौं निकालिएको प्वाल बन्द हुन्छ। तर हिट बडी छ भने वैक्स गरेपछि लामो समय प्लाल बन्द हुँदैन।
यसको कारणले छालामा छेक्राछेक्रा बस्छ। इन्फेक्सनको डर पनि हुन्छ। छाला ड्यामेज हुने डर हुन्छ।
त्यसैले वाक्सिङ गर्ने बित्तिकै उक्त ठाउँमा लोसन गराएर मसास गर्नुपर्छ। वाक्सिङ मसाज क्रिम पनि पाइन्छ।
(सौन्दर्यकर्मी महरा फेसियल हाउसकी संचालक हुन्)