काठमाडौं - एसोसिएसन अफ इन्टरनेशनल एनजीओज इन नेपाल (एआइएन)ले स्वास्थ्य पत्रकार मञ्च नेपाललाई साढे तीन लाख बराबरको स्वास्थ्य सामग्री उपलब्ध गराएको छ।
कोभिड महामारीको समयमा अग्रपंक्तिमा काम गर्ने स्वास्थ्य पत्रकारका लागि भन्दै एआइएनले मञ्चलाई स्वास्थ्य सामग्री उपलब्ध गराएको हो। शुक्रबार काठमाडौंमा एक कार्यक्रमका बीच एआइएनका अध्यक्ष डा सुशील कोइरालाले मञ्चका अध्यक्ष रामप्रसाद न्यौपानेलाई सामग्री हस्तान्तरण गरे।
सर्जिकल तथा एन९५ मास्क, डिजिटल थर्मोमिटर, अक्सिमिटर, ह्याण्ड स्यानिटाइजर, फेसशिल्ड, साबुन लगायत गरी साढे तीन लाख बराबरको स्वास्थ्य सामग्री उपलब्ध गराएको एआइएनका अध्यक्ष डा सुशील कोइरालाले बताए। महामारीको समयमा जोखिम मोलेर काम गरेको भन्दै स्वास्थ्य पत्रकारलाई स्वास्थ्य सामग्री उपलब्ध गराएको उनले जानकारी दिए।
एआइएनको समन्वयमा फेयर मेड, आइपास, आड्रा, वाटर एड, दामिएन फाउण्डेशन र एफएचआई ३६० ईपिक प्रोजेक्ट गरी ६ वटा गैरसरकारी संस्थाले उक्त स्वास्थ्य सामग्री उपलब्ध गराएको हो। ती स्वास्थ्य सामग्री फिल्डमा खटिएका सबै स्वास्थ्य पत्रकारलाई वितरण गरिने मञ्चले जनाएको छ।