काठमाडौं - नेपाल फार्मेसी परिषदले शनिबार लिएको १७ औँ नाम दर्ता परीक्षामा ५० दशमलव ३३ प्रतिशत फर्मासिस्ट र १७ प्रतिशत फार्मेसी सहायक उत्तीण भएका छन्।
४४९ जना फर्मासिस्टले परीक्षा दिएकोमा २२१ जना उत्तीर्ण भएको परिषदका रजिष्ट्रार संजीव कुमार पाण्डेयले जानकारी दिए। यस्तै ३२१ जना फार्मेसी सहायक परीक्षामा सहभागी थिए। जसमध्ये ५५ जना मात्र उत्तीर्ण भएको परिषदले जनाएको छ।
फार्मेसी सहायकलाई सामान्य रुपमा लिएको र शैक्षिक स्तर कमजोर भएका कारण उत्तीर्ण हुनेको संख्या कम भएको रजिष्ट्रार पाण्डेयले बताए। पसल खोलेर औषधिको बिक्रि वितरण मात्र काम हो भन्ने मानसिकता भएका कारण पनि यस्तो हुन सक्ने उनको भनाई छ।
उनले भने, ‘शैक्षिक स्तर कमजोर छ। मानिसहरुले फार्मेसी सहायकलाई सामान्य रुपमा लिएका छन्। एउटा पसल मात्र खोल्ने भन्ने उनीहरुको मानसिकता हुन सक्छ। यो नतिजाले पनि प्रस्ट पारेको छ।’
उत्तीर्ण भएका फर्मासिस्ट र फार्मेसी सहायकको रिजल्टः