काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रमुख विशेषज्ञ महेन्द्रप्रसाद श्रेष्ठले सरकारी सेवाबाट अवकास पाएका छन्। श्रेष्ठले उमेरका आधारमा अनिवार्य अवकास पाएका हुन्।
मन्त्रालयको १२औं तहबाट आजबाट अनिवार्य अवकास पाएका श्रेष्ठ स्वास्थ्य सहायक (एचए)बाट स्वास्थ्य सेवामा प्रवेश गरेका हुन्। श्रेष्ठ स्वास्थ्य मन्त्रालय अन्तरगत विभिन्न जिल्ला स्वास्थ्य कार्यालयहुँदै विभागको महानिर्देशकसम्म भएका थिए। उनी गैर चिकित्सक भएर पनि विभागको महानिर्देशक हुन सफल भएका थिए।
उनी २०३७ सालमा अस्थायी रुपमा स्वास्थ्य सेवाम प्रवेश गरेका थिए। ४१ वर्षे सेवा अवधिमा धेरै कुरा सिक्न र जान्ने अवसर मिलेको उनले बताए।
श्रेष्ठलाई मन्त्रालयमा आइतबार एक कार्यक्रम गरेर बिदाई गरिएको छ। सो अवसरमा उनले आफ्नो जागिरे जीवन सफल भएको बताए। 'निकै खुशी छ। सरकारी सेवामा रहँदा आफ्नो जागिरे जीवन सफल भए जस्तो लाग्छ।'