काठमाडौं - गत २४ घण्टामा १ लाख ९५ हजार १३२ जनाले कोभिड १९ विरुद्धको खोप लगाएका छन्। भेरोसेल खोपको पहिलो मात्रा १ लाख २७ हजार ५६४, दोस्रो मात्रा ३ हजार ४०२ र जोन्सन एण्ड जोन्सन खोप ६४ हजार १६६ जनाले लगाएका छन्।
यो सँगै भेरोसेल खोपको दोस्रो मात्रा लगाउनको संख्या ७ लाख २५ हजार ४२५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यसअघि २२ लाख ३५ हजार ८०४ जनाले भेरोसेल खोपको पहिलो मात्रा लगाएका थिए। जोन्सन एण्ड जोन्सन खोप लगाउनेको संख्या ६ लाख २७ हजार ७३८ पुगेको छ।
प्रदेश १ मा गत २४ घण्टामा १६ हजार ४० जनाले भेरोसल खोपको पहिलो लगाउँदा १ हजार ९२७ जनाले दोस्रो मात्रा लगाएका छन्।
प्रदेश २ मा २ हजार ५४५ जनाले भेरोसेलको पहिलो, २७० जनाले दोस्रो मात्रा लगाएका छन् भने ९ हजार ९५८ जनाले जोन्सन एण्ड जोन्सन खोप लगाएको मन्त्रालयले जनाएको छ।
बागमती प्रदेशमा ७० हजार ४३६ जनाले भेरोसेलको पहिलो, २२२ जनाले दोस्रो र ५ हजार ३२९ जनाले जोन्सन एण्ड जोन्सन खोप लगाएका छन्।
गण्डकी प्रदेशमा ३ हजार ५२६ जनाले पहिलो, ९०६ जनाले दोस्रो र १ हजार ४९ जनाले जोन्सन एण्ड जोन्सनको खोप पाउँदा लुम्बिनी प्रदेशमा १ हजार ६७५ जनाले मात्र पहिलो मात्रा लगाएका छन्। ३७ हजार ३७८ जनाले जोन्सन एण्ड जोन्सनको खोप लगाएको मन्त्रालयको तथ्यांक छ।
यस्तै, कर्णाली प्रदेशमा ५ हजार १०५ जनाले भेरोसेलको पहिलो मात्रा र ७ हजार ६३२ जनाले जोन्सन एण्ड जोन्सन खोप लगाएका छन्। सुदूरपश्चिम प्रदेशमा २८ हजार २३७ जनाले पहिलो, ७७ जनाले दोस्रो र २ हजार ८२० जनाले जोन्सन एण्ड जोन्सनको खोप लगाएको मन्त्रालयले जनाएको छ।