काठमाडौं- औषधि व्यवस्था विभागले कास्की जिल्ला पोखरामा रहेका ५ वटा फार्मेसी पसल बन्द गर्ने निर्णय गरेको छ। विभागले जिल्ला प्रशासन कार्यालयमा पत्र पठाउँदै ती फार्मेसी बन्द गर्न आग्रह गरेको छ।
औषधि ऐन विपरित फार्मेसी सञ्चालन गरेको पाइएपछि बन्द गर्ने निर्णय भएको विभागले जनाएको छ।
विभागका अनुसार पोखरा महानगरपालिका १२ को अश्मि फार्मेसी, पोखरा महानगर ३ को सरिता आयुर्वेदिक औषधि पसल, पोखरा महानगरपालिका २९ को सुपरकेयर फार्मेसी, पोखरा महानगरपालिका १५ को अंकिता मेडिकल हल र पोखरा महानगरपालिका १३ को भद्रकाली एग्रोभेट सेन्टरलाई बन्द गर्ने निर्णय गरेको हो।