काठमाडौं- स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले सरकारले राज्यमन्त्रीलाई उपलब्ध गराउने सेवा सुविधा निलने घोषणा गरेका छन्। स्वास्थ्य मन्त्रालयमा सोमबार एक सय दिनको कार्ययोजना प्रस्तुत गर्ने क्रममा उनले सुरक्षाकर्मीबाहेकका कुनै पनि सरकारी सेवा सुविधा निलने घोषणा गरेका हुन्।
'सरकारले उपलब्ध गराउने राज्यमन्त्रीको सेवा सुविधामध्ये आवास, सवारी साधन तथा पारिश्रमिक नलिने घोषणा गर्दछु,' उनले भने, 'सुरक्षाकर्मीको सेवा भने लिनेछु।'
उनले आफ्ना निजी व्यवसायबाट कानुनी रुपमा समेत आफू अलग भएको घोषणा गरेका छन्।