काठमाडौं - स्वास्थ्य तथा जनसंख्या राज्मन्त्री उमेश श्रेष्ठले आफ्नो निजी व्यवसायबाट अलग भएको घोषणा गरेका छन्।
मन्त्रालयमा पत्रकार सम्मेलन गरी एक सय दिनको योजना सार्वजनिक गर्दै स्वास्थ्य राज्यमन्त्री श्रेष्ठले आफ्नो सम्पूर्ण निजी व्यवसायबाट अलग भएको घोषणा गरेका हुन्। पदमा बहाल रहँदा स्वार्थ बाझिन सक्ने भन्दै उनले कुनै पनि व्यापार व्यवसायमा संलग्न नहुने घोषणा गरे।
उनले भने, ‘राज्यमन्त्रीको जिम्मेवारी सम्हालेदेखि व्यक्तिगत सम्पूर्ण व्यवसायबाट अलग हुने निर्णय गरेको छु। पदमा बहाल रहँदा स्वार्थ बाझिने कुनै पनि व्यापार व्यवसायमा संलग्न नुहने घोषणा गर्दछु।’
आफूले व्यवसायको कार्यकारी पदीयबाटबाट कानूनी रुपमा त्याग गरेको उनले पत्रकार सम्मेलनमा बताएका छन्।