काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड युनिफाइड केन्द्रीय अस्पताल (वीर)को निमित्त प्रमुख प्रशासकीय अधिकारीको जिम्मेवारी डा भुपेन्द्र बस्नेतलाई दिइएको छ।
स्वास्थ्य मन्त्रालयको समेत जिम्मेवारी लिएका प्रधानमन्त्री शेरबहादुर देउवाले डा बस्नेतलाई सो जिम्मेवारी दिएका हुन्।
उक्त जिम्मेवारीमा रहेका डा जागेश्वर गौतमलाई सोमबार प्रसुति गृह सरुवा गरेपछि डा बस्नेतलाई निमित्त प्रमुख प्रशासकीय अधिकारीको जिम्मेवारी दिइएको छ।