काठमाडौं - स्वास्थ्य सेवा विभागको निमित्त महानिर्देशकको जिम्मेवारी डा आरपी बिच्छा नियुक्त भएका छन्।
स्वास्थ्य मन्त्रालयको समेत जिम्मेवारी आफुसँग राखेका प्रधानमन्त्री शेरबहादुर देउवाले डा बिच्छालाई महानिर्देशकको जिम्मेवारी दिएका हुन्।
उनी कान्तिबाल अस्पतालको निर्देशकको जिम्मेवारीमा थिए।
महानिर्देशकको जिम्मेवारीमा रहेका प्रमुख विशेषज्ञ डा दीपेन्द्ररमण सिंहलाई स्वास्थ्य मन्त्रालय तानिएको छ।