काठमाडौं - स्वास्थ्य सेवा विभागको महानिर्देशकको जिम्मेवारी डा आरपी बिच्छालाई दिने तयारी गरिएको छ।
स्वास्थ्य मन्त्रालयको समेत जिम्मेवारी लिएका प्रधानमन्त्री शेरबहादुर देउवाले डा बिच्छालाई महानिर्देशकको जिम्मेवारी दिन लागेका हुन्।
डा बिच्छा हाल कान्तिबाल अस्पतालको निर्देशक हुन्। महानिर्देशकको जिम्मेवारीमा रहेका प्रमुख विशेषज्ञ डा दीपेन्द्ररमण सिंहलाई स्वास्थ्य मन्त्रालय तान्ने तयारी गरिएको छ।