काठमाडौं- विदेश जाने नेपाली नागरिकहरुले आजबाट किर्तिपुर नगरपालिकास्थित राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्रबाट खोप लगाएको प्रमाणपत्र पाउने भएका छन्।
मंगलबार बसेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बैठकले तालिम केन्द्रबाट साउन २०(बुधबार) बाट विद्युतीय प्रमाणपत्र (क्यूआर कोर्डसहितको) उपलब्ध गराउने निर्णय गरेको हो।
यसअघि खोप कार्ड प्रमाणीकरणका लागि शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल पुग्नेहरुको भीड लागेपछि मन्त्रालयले किर्तिपुरबाट खोप लगाएको प्रमाणपत्र उपलब्ध गराउने भएको हो।
यो सेवालाई क्रमश: काठमाडौं उपत्यका लगायत अन्य जिल्लाहरूमा पनि विस्तार गर्दै जाने र खोपको मात्रा पूरा गरेका सबै व्यक्तिहरूलाई क्रमश क्यू आरकोड सहितको विद्युतीय प्रमाण पत्र उपलब्ध गराउने मन्त्रालयले जनाएको छ।