काठमाडौं- कुमारी बैंक लिमिटेडले उदयपुरको बेलकामा निर्माणाधीन अवस्थामा रहेको अक्सिजन प्लान्टलाई तीन लाख रुपैयाँ सहयोग गरेको छ।
एक औपचारिक कार्यक्रमका बिच बेलका नगर प्रमुख दुर्गा कुमार थापा र उपप्रमुख राज कुमारी चौधरिलाई बेलका शाखाले चेक हस्तान्तरण गरेको हो।
बिगत ३ बर्षदेखि सेवा सन्चालन गर्दै आएको बैंकले स्थानीयको दैनिक आर्थिक कारोबार सहजीकरण गर्दै सामाजिक उतरदायित्व अन्तरगत अक्सिजन प्लान्टलाई आर्थिक सहयोग गरेको कुमारी बैंक बेलका शाखा प्रमुख अमित झाले जानकारी दिएका छन्।