काठमाडौं- काठमाडौंको थापाथलीमा लाइफ एक्टिभ फिजियोथेरापी सेन्टर सञ्चालनमा आएको छ। फिजियोथेरासी सम्बन्धी सबै किसिमको सेवा गुणस्तरीय सेवा उपलब्ध गराउने भन्दै यो सेन्टर साउन १ गतेदेखि सञ्चालनमा आएको हो।
अत्यधुनिक प्रविधिको उपयोग गरी फिजियोथेरापी सम्बन्धी सबै किसिमको सेवा बिरामीले पाउन सक्ने सेन्टरका न्यूरो फिजियोथेरापिस्ट (एमपीटी) डा कृष्णमोहन जयसवालले बताए। पोस्ट कोभिडका लागि पनि नसा सम्बन्धी उपचार यस सेन्टरमा उपलब्ध रहेको उनले जानकारी दिए।
ढाड दुखेको, हड्डी खिएको, नसा च्यापिएको, प्यारालाइसिस लगायत सबै सेवा यस सेन्टरमा छ। बिरामी यस सेन्टरमा आएपछि अन्य अस्पतालमा रिफर गर्नुनपर्ने फिजियोथेरापिस्ट (बीपीटी) डा प्रकृति अवस्थीले बताइन्।
कोभिडको समयमा विशेष सावधानी अपनाउँदै बिरामीहरुलाई सेवा दिइरहेको उनले जानकारी दिइन्। बिरामीको उपचारपछि संक्रमण रहीत बनाएपछि मात्र अर्को बिरामीको उपचार गर्ने गरेको उनले बताइन्।
हाल यस सेन्टरमा दुई जना विशेषज्ञ छन्। बिरामीको चाप र आवश्यकता अनुसार आगामी दिनमा विशेषज्ञ र सेवाहरु थप गर्दै जाने सेन्टरले जनाएको छ। थप जानकारी लागि www.lifeactive.com.np वा ०१५९०९३३० र ९८०१३०११८६ मा सम्पर्क गर्न सकिने सेन्टरले जनाएको छ।