काठमाडौं- सरकारले चिकित्सा शिक्षा नियमावलीमा संशोधन गर्दै पिजी अध्ययनका लागि खुला, सरकारी र विदेशीलाई यसअघि तोकिएको कोटा फेरबदल गरेको छ।
संशोधित नियमावली अनुसार सरकारले खुला तर्फको कोटा बढाएको छ भने सरकारी तर्फको कोटा घटाएको छ। खुला तर्फ यसअघि ५० प्रतिशत कोटा रहेकोमा त्यसलाई बढाएर अब ६० प्रतिशत पुर्याइएको छ। सरकारी स्वास्थ्य सेवामा कार्यरतलाई यसअघि छुट्याइएको ४० प्रतिशत कोटा घटाएर ३० मा ल्याइएको छ। विदेशी विद्यार्थीको हकमा भने १० प्रतिशत नै कोटा तोकिएको छ।
सरकारले नियमावलीमा पहिलो संशोधन गर्दै खुला तर्फ १० प्रतिशत कोटा बढाएको हो भने सरकारी तर्फ १० प्रतिशत घटाएको हो।
पिजी कोटाका विषयमा लामो समयदेखि विवाद हुँदै आइरहेको थियो। नियमावलीमा खुला तर्फ कम कोटा छुट्याएको भन्दै गैरसकारी चिकित्सकले सरकारको ध्यानकर्षण गराउँदै आएका थिए। सरकारी चिकित्सकले भने कोटा अझै कम भएको बताउँदै आएका थिए।
हेरौं संशोधित नियमावली