काठमाडौं- सरकारले चिकित्सा शिक्षा नियमावलीमा संशोधन गर्दै दुर्गम जिल्लामा काम गरेको अनुभवका आधारमा पिजी अध्ययन गर्नेलाई अंकभार दिने व्यवस्था गरेको छ। नियमावलीको नियम १६ मा रहेको दुर्गम क्षेत्रमा काम गरे वापतको अंकभारको व्यवस्थालाई प्रष्ट पार्दै अनुसूचीमा संशोधन गरिएको हो।
संशोधित नियम अनुसार अब दुर्गममा काम गरेका अनुभावका आधारमा प्रतिवर्ष ३ र २ दशमलब ५ नम्बरको अंकभार जिल्ला र स्थान अनुसार तोकिएको छ।
कुन जिल्ला र क्षेत्रमा काम गरेवापत कति नम्बर?