काठमाडौं- नेपाली चिकित्सा क्षेत्रमा उल्लेख्य योगदान गरेको भन्दै १५ मिहला चिकित्सकलाई सम्मान गर्न लागिएको छ। नेपाल चिकित्सक संघले राष्ट्रपति मार्फत १५ जना वरिष्ठ महिला चिकित्सकलाई ‘वुमन इन मेडिसिन इन नेपाल २०२१’ अवार्ड प्रदान गरिने भएको हो।
संघका अनुसार अवार्ड कार्यक्रम शुक्रबार राष्ट्रपति कार्यालयमा हुने छ।
यी हुन् १५ महिला डाक्टर
१. डा. दिव्या श्री मल्ल
२. डा. रिता थापा
३. डा. सरस्वती पाध्ये
४. डा. सुधा शर्मा
५. डा. किरण रेग्मी
६. डा. राधा शाह
७. डा. आशा सिँह
८. डा. कुशुम थापा
९. डा. सगिंता भण्डारी
१०. डा. दिव्या सिह शाह
११. डा. चन्दा कार्की
१२. डा. सानु माया दली
१३. डा. अचला वैध
१४. डा. तारा मानन्धर
१५. डा. सुधा अग्रवाल