काठमाडौं– सिन्धुपाल्चोकको सदरमुकामस्थित चौतारा अस्पतालमा पीसीआर मेसिन आइपुगेको छ।
जिल्ला अस्पतालमा कोरोना परीक्षण गर्न पीसीआर मेसिन जडान भएसँगै स्वाब परीक्षणका लागि बाहिर पठाउनुपर्ने वाध्यताको अन्त्य भएको अस्पतालले जनाएको छ।
बागमती प्रदेश सरकारको आर्थिक सहयोगमा अस्पतालमा मेसिन ल्याइएको हो।
यसअघि जिल्लामा संकलित स्वाब परीक्षणका लागि धुलिखेल तथा काठमाडौं लगिँदै आएको थियो। रासस