काठमाडौं- पछिल्लो २४ घन्टाभित्र काठमाडौं उपत्यकामा थप ९५१ जना कोरोना संक्रमित थपिएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं उपत्यकाका तीन जिल्ला काठमाडौं, भक्तपुर, ललितपुरमा गरिएको पीसीआर तथा एन्टिजेन परीक्षणबाट ती संक्रमित पहिचान भएका हुन्।
थपिएका संक्रमितमध्ये सबैभन्दा धेरै ७४० जना काठमाडौंका छन्। यस्तै भक्तपुरका ५६ र ललितपुरका १५५ जनामा संक्रमण पुष्टि भएको हो।