काठमाडौं– सरकारले शैक्षिक तथा स्वास्थ्य क्षेत्रका पदहरुमा नियुक्ति र पदोन्नति गर्दा पारदर्शी प्रणाली अवलम्बन गर्ने जनाएको छ।
सरकारले क्षमता, योग्यता, वरिष्ठता र कार्यसम्पादन मूल्याङ्कनको आधारमा शैक्षिक क्षेत्र, स्वास्थ्य क्षेत्र लगायत सामाजिक तथा सार्वजनिक क्षेत्रका पदहरुमा नियुक्ति र पदोन्नति गर्ने जनाएको हो।
आइतबार सरकारले सार्वजनिक गरेको संयुक्त सरकारको साझा न्यूनतम कार्यक्रममा उक्त कुरा उल्लेख गरिएको छ।
'शैक्षिक क्षेत्र, स्वास्थ्य क्षेत्रलगायत सामाजिक तथा सार्वजनिक क्षेत्रका पदहरूमा नियुक्ति र पदोन्नति गर्दा सरकारले क्षमता, योग्यता, वरिष्ठता र कार्यसम्पादन मूल्याङ्कनको आधारमा पारदर्शी प्रणाली अवलम्बन गर्ने,' साझा कार्यक्रममा उल्लेख छ।