काठमाडौं - नेपाल चिकित्सक संघको जुनियर डाक्टर कमिटीले २० जना युवा चिकित्सकलाई ‘एकेडेमिक एक्सीलेन्स अवार्ड’ बाट सम्मानित गरेको छ।
कमिटीले अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा राजधानीमा एक कार्यक्रम गरी एमबीबीएस र बीडीएसका २० जना युवा चिकित्सकलाई उक्त अवार्डबाट सम्मानित गरेको हो।
युवा चिकित्सकहरुलाई पहिलो पटक सम्मानित गरेको संघले जनाएको छ। संघले गरेको सम्मानले थप हौसला मिलेको सम्मानित भएका डा सुरज अधिकारीले बताएका छन्।
कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका स्वास्थ्य सचिव डा रोशन पोखरेलले आफ्नो पेशा र सेवामा कटिवद्ध हुन आग्रह गरे।
नेपाल चिकित्सक संघका अध्यक्ष डा लोचन कार्कीले स्वास्थ्य क्षेत्रमा समय अनुसार दरबन्दी खुलाउन सरकारसँग माग गरेका छन्। अझै पनि चिकित्सक तथा स्वास्थ्यकर्मीहरु करार तथा ज्यालादारीमा काम गर्नुपरेको भन्दै उनले पर्याप्त मात्रामा दरबन्दी खुलाउनुपर्ने बताए।
रोजगारी नपाएर युवा चिकित्सकहरु विदेशीनुपर्ने अवस्था आउन नदिन सरकारले नेपालमै रोजगारीको व्यवस्था गर्नुपर्ने उनको भनाई छ। बिरामी र पेशाप्रति इमान्दार हुन डा कार्कीले सबै युवा चिकित्सकलाई आग्रह समेत गरेका छन्।
जुनियर डाक्टर कमिटीका संयोजक डा अनिल बिक्रम कार्कीले स्वास्थ्यमा चिकित्सकहरुका लागि स्थायी दरबन्दी खुलाउनुपर्ने बताए। कोरोना महामारीको समयमा चिकित्सकहरुलाई प्रोत्साहन मिल्ने कार्यक्रमहरु ल्याउन उनको आग्रह थियो।
कार्यक्रममा बारबरा फाउण्डेशनबाट सम्मानित भएका डा गुरुशरण शाहले पुरस्कार स्वरुप प्राप्त गरेको रकममध्ये एक लाख रुपैयाँ संघको वेलफियर कोषका लागि प्रदान गरेका छन्।
यी हुन्, एकेडेमिक एक्सीलेन्स अवार्डबाट सम्मानित भएका २१ युवा चिकित्सकहरुः
१. डा दुर्गा पोख्रेल, बीडीएस, युनिर्भसल कलेज अफ मेडिकल साइन्सेस एण्ड युसीएमएस कलेज अफ डेन्टल सर्जरी
२. डा प्रकृति लामिछाने, एमबीबीएस, युनिर्भसल कलेज अफ मेडिकल साइन्सेस
३. डा. परोल खड्का, एमबीबीएस, गण्डकी मेडिकल कलेज
४. डा सुवास कार्की, एमबीबीएस नेपाल मेडिकल कलेज एण्ड टिचिङ हस्पिटल
५. डा संस्कृति प्रधान, बीडीएस, नेपाल मेडिकल कलेज एण्ड टिचिङ हस्पिटल
६. डा मरिषा श्रेष्ठ, एमबीबीएस, कलेज अफ मेडिसिन, मनिला सेन्ट्रल युनिभर्सिटी
७. डा शिला अवल, एमबीबीएस, नेप्लिज आर्मी इन्स्टीच्युट अफ हेल्थ साइन्सेस कलेज अफ मेडिसिन
८. डा माधव पौडेल, एमबीबीएस, नोबेल मेडिकल कलेज
९. डा आर्शिवाद आचार्य, एमबीबीएस, किष्ट मेडिकल कलेज
१०. डा नेहा कर्ण, एमबीबीएस, विराट मेडिकल कलेज
११. डा निशा भट्टराई, एमबीबीएस, लुम्बिनी मेडिकल कलेज
१२. डा सुरज अधिकारी, एमबीबीएस, मणिपाल कलेज अफ मेडिकल साइन्सेस
१३. डा दिक्षान्त सिटौला, एमबीबीएस, चितवन मेडिकल कलेज
१४. डा अमन मिश्र, एमबीबीएस, त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल
१५. डा सन्तोष रिमाल, बीडीएस, चितवन मेडिकल कलेज
१६. डा व्रिष्टि आचार्य, बीडीस, ढाका डेन्टल कलेज एण्ड हस्पिटल
१७. डा दिपशिखा कुमारी शाह, नर्थ बेंगल मेडिकल कलेज
१८. प्रियंका ढकाल, बीडीएस, कलेज अफ मेडिकल साइन्सेस
१९. डा सुमन न्यौपाने, एमबीबीएस, काठमाडौं युनिभर्सिटी
२०. डा सुशान्त पाण्डे, बिपी स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान