काठमाडौं- स्वास्थ्य सेवा व्यवस्थापन संघ गठन भएको छ। स्वास्थ्य सेवा व्यवस्थापकहरुले ललितपुर जिल्ला प्रशासन कार्यालयमा ‘नेपाल स्वास्थ्य सेवा व्यवस्थापक संघ’ दर्ता गराएका हुन्।
प्राध्यापक कविता खनालको अध्यक्षतामा ९ सदस्यी तदर्थ समिति बनाइएको छ। संघको उपाध्यक्षमा उत्तम राजकर्णिकर, कोषअध्यक्षमा सजना कुँवर र सचिवमा मनिस दवाडी छन्।
यस्तै कार्यकारी सदस्यहरुमा विकास अधिकारी, धिरज मैनाली, ऋषिप्रसाद सापकोटा, सन्ध्या कार्की र आशिष कुँवर छन्।
स्वास्थ्य सेवा व्यवस्थापकको हकहितमा निरन्तर लाग्ने उद्देश्यका साथ संघ स्थापना गरिएको अध्यक्ष खनालले बताइन्।
‘अबको ६ महिनाभित्रमा अधिवेशन गर्छौं,’ खनालले भनिन्, ‘अब बिस्तारै सबै स्वस्थ्य सेवा व्यवस्थापकलाई समेट्दै जान्छौं।’उनका अनुसार स्वास्थ्य सेवा व्यवस्थापकहरुको हकहितको आवाज उठाउन संघ गठन गरिएको हो।